बसको ठक्करबाट एक महिलाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बसको ठक्करबाट एक महिलाको मृत्यु


२० चैत्र २०८०, मंगलबार


दोलखा । बसको ठक्करबाट विगु गाउँपालिका-३ बुलुङकी ७४ वर्षे नेतर्नी लामाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार चालक कालिञ्चोक गाउँपालिका-४ का २६ वर्षीय नारायण बुढाथोकीलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय सिंगटीमा  राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस