२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो संख्यामा सचिवहरूको सरुवा, हेर्नुहोस् को कहाँ ? 

अ+ अ-

काठमाडौँ । सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय तथा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रदेश प्रमुख सचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार वित्त आयोगका सचिव कृष्ण बहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(उद्योग)मा गएका छन् भने त्यहाँका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय पुर्‍याइएको छ । यसैगरी उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा सरुवा भएका छन् । उनले सचिव भएपछि पहिलो पटक मन्त्रालय पाएका छन् । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा जल तथा ऊर्जा आयोगको सचिवालयमा पुर्‍याइएका छन् भने भौतिकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय(ऊर्जा)सचिव गोपाल प्रसाद सिग्देल शर्मा आएका छन् । प्राप्त विवरण अनुसार जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जामा पठाइएको छ । 

यसैगरी मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(वाणिज्य) सचिवमा सरुवा भई आएका छन् भने त्यहाँका सचिव नारायण प्रसाद शर्मा दुवाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । यस्तै बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भई आएका छन् । 

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरू पत्र बुझिरहेको स्रोतले जनाएको छ । पारदर्शी रूपमा सरुवा गर्न नसकेकै कारण सरुवा भने अझै गुपचुप राखिएको छ । यसैबिच कतिपयको फेरबदलसमेत हुन सक्नेसमेत बुझिएको छ । 

पछिल्लो समय सचिवको सरुवा निकै पेचिलो बन्दै आएको थियो । अघिल्लै मन्त्रिपरिषद् बैठकमा सचिव सरुवा हुनेबारे छलफल भए पनि शक्तिकेन्द्र जुधेपछि निर्णय गर्न सकिएको थिएन । अर्थ, राजश्व, सामान्यलगायत अन्य महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको पनि सरुवा हुने चर्चा रहे पनि पछिल्लो पटक यथावत नै राखिएको छ । 

अहिलेको सचिव सरुवामा पनि वरिष्ठ केही सहसचिवहरू पुनः महाशाखा स्तरमै कायम राखिएको र प्रदेशतिर पनि त्यही भएको सचिवहरूले बताएका छन् । यसैबिच केहीले पत्र नै बुझिसक्दा कतिपयको हकमा अझै मिलानकै क्रममा रहेको जानकारी प्रशासनलाई प्राप्त भएको छ । 

सचिव मात्रै होइन, सहसचिव, उपसचिव तथा अधिकृतसम्मको सरुवा पछिल्लो समय रुमल्लिँदै आइएको छ । अभिभावकविहीन जस्तै बन्दै आएको निजामती दिनप्रतिदिन अद्योगतितर्फ उन्मुख भई रहँदा पनि सम्बद्ध पक्षहरू व्यक्तिगत लाभहानीमै कुदिरहेकोमा प्रशासकहरू चिन्ता जताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस