प्रधानमन्त्रीले न्यायाधीश बन्न मिलेन-काँग्रेस   « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीले न्यायाधीश बन्न मिलेन-काँग्रेस  


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्रीले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेको छ ।  

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमले, गृह लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री  न्यायाधीश बन्न खोजेको। र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले कन्ली चिट दिने प्रयास गरेको बताए । 

उनले भने,‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौँ न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो कन्ली चिट दिने प्रयास गर्नुभयो ।  सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढङ्गले कन्ली चिट दिने प्रयास गर्नुभयो । यसले गर्दा हामीले उठाएको मुद्दाहरूमा गम्भीर प्रशन जन्मिएको छ ।’ 

उनले गृह मन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए । कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ । 

उनले भने,‘गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम बुटवलका चितवनका पोखराका सहकारीमा जम्मा भएका दर्जनौ। सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा पनि छैन । अब त्यो विषयमा कस्ले जवाफ दिने हो रु पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ । यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस