कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाल टेलिकमको सञ्चालक सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन् ।

नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार रिक्त पदमा कोमल बहादुर खत्रीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह) ३ मा भएको व्यवस्था अनुसार खत्री सदस्य नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस