शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक  « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक 


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ । 

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बैठकमा सांसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत छलफल भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस