प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको हो ।

गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । 

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्का सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस