क्रिकेटर आदिल अन्सारीले पाए सफाइ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्रिकेटर आदिल अन्सारीले पाए सफाइ


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । क्रिकेटर आदिल अन्सारीले फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन् । अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौँले उनलाई सफाइ दिएको हो ।

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अघिल्लो वर्षको माघमा अन्सारी, पूर्वक्रिकेटर महबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए । त्यसको तीन महिनापछि उनीहरू जनही ३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

कीर्तिपुर मैदानमा पुस ९ देखि २७ गतेसम्म भएको भएको नेपाल टी-२० लिगमा उनीहरूले स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस