प्रधानमन्त्रीले गरे १२ सचिवको बिदाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले गरे १२ सचिवको बिदाइ


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्र सेवामा संलग्न भई सचिव पदबाट सेवा निवृत्त भएका कर्मचारीलाई बिदाइ गरिएको छ । सिंहदरवारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस आर्थिक वर्षमा सेवा निवृत्त भएका १२ सचिवलाई दोसल्ल ओडाएर सम्मान गर्दै बिदाइ गरेका हुन् ।

सेवा निवृत्त हुने सचिवहरूमा यादव प्रसाद कोइराला, राम प्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेश कुमार घिमिरे, देव कुमारी गुरागाइँ, केवल प्रसाद भण्डारी लगायत छन् । सो अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने बताए ।

सेवा निवृत्त सचिव गुरागाइँले आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरी निरन्तर राष्ट्रको सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गरे । आगामी दिनमा पनि प्रत्यक्ष वा अप्रत्यक्षरूमा देशको सेवा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस