२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीघाट-आरुघाट सडक : तान्द्राङ खोलामा बेलिब्रिज निर्माण

अ+ अ-

गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ ।

 भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए । 

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिना भित्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते ठेक्का सम्झौता गरेको थियो । “एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो”, उनले भने, “तर तीव्र गतिमा काम भएकाले तोकिएको समयभन्दा झण्डै आठ महिनाअघि नै काम सम्पन्न भयो ।”

पुल निर्माणको लागत रु तीन करोड ८९ लाख ८३ हजार रहेको छ । पुलको वारिपारि दुवैतर्फ ५०/५० मिटरको पहुँच मार्ग निर्माण भएको इन्जिनियर श्रेष्ठले बताए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने सवारी साधनको आवागमनमा सहज भएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। पुल निर्माणले गोरखाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस