घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सामाजिक विकास इकाई कार्यालय राजविराज सप्तरीका सवइन्जिनियर अजय रजकविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

यसअघि भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग नगद १५ हजार र ५५ हजार रुपैयाँ बराबरको चेक लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।  

सम्बन्धित समाचार : सामाजिक विकास इकाईमा अख्तियारको छापा, घुस रकम फालेर भागे सब-ईन्जिनियर

Tags :
प्रतिक्रिया दिनुहोस