मन्त्री गिरीले भने-महिला न्यायाधीशहरुले सम्पादन गरेका न्याय विवादरहित छन् « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री गिरीले भने-महिला न्यायाधीशहरुले सम्पादन गरेका न्याय विवादरहित छन्


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताएका छन्।

आजबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्याय सम्पादनमा आएका कमीहरू पुनः सच्याइएको उदाहरण रहेको भन्दै न्याय सम्पादन सधैँ सही नहुने बताए।

उनले महिला न्यायाधीशहरुले गरेका न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिन सक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको दाबी गरे। मन्त्री गिरीले कानूनको अध्ययन गर्ने महिलाहरूको सङ्ख्या पनि उल्लेख्य रहेको भन्ने अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए।

उनले पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या बढेको भन्दै खुशी व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस