१० तोला गहना चोरीको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१० तोला गहना चोरीको आरोपमा एक जना पक्राउ


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । १० तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोरखाको बाह्रकिलो घर भइ काठमाडौँको नागार्जुन नगरपालिका-४ बस्ने २० वर्षीय रिकेश दास  पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार दासलाई नागार्जुनबाट पक्राउ गरिएको हो ।

दासले ललितपुर महानगरपालिका-२३ मा भाडामा बसेका अर्घाखाँचीका केशव पौडेलको कोठाबाट १० तोला बराबरका सुनका गरगहना चोरी गरेको आरोप छ ।उनले रानिहार १ थान, चन्द्रमा २ थान, इन्डियन मंगलसुत्र १ थान, लकेट १ थान र झुम्का १ जोर गरी १० तोला बराबरको सुन ३० फागुनमा चोरी गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस