सभामुख घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुख घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान गरेको छ ।

संघीय संसद सचिवालयका अनुसार उनीहरू अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८ औँ महासभामा सहभागी बिहीबार स्वीजरल्याण्ड प्रस्थान गरेका हुन् ।

टोलीमा सभामुख घिमिरेसहित सांसदहरु रमेश लेखक, महेश कुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे छन् ।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद्का उपसचिव प्रदीप गुरागाईँ सहभागी छन् । टोली यही चैत १६ गते स्वदेश फर्किनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस