लुकाइएको पैसा प्रयोगमा ल्याउन दिनुपर्ने माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

लुकाइएको पैसा प्रयोगमा ल्याउन दिनुपर्ने माग


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । अर्थ समिति सदस्य मेटमणि चौधरीले लुकाइएको (अवैध) पैसा प्रयोगमा ल्याउने गरी सरकारको नीति आवश्यक रहेको बताएका छन्।

बिहीबार अर्थसमितिको बैठकमा उनले ठूलो रकम लुकाएर राखिएको कारण आर्थिक क्रियाकलाप विस्तार हुन नसकेको भन्दै यस्तो रकम वैध गराउन मिल्ने गरी नीति ल्याउन आवश्यक रहेको बताएका हुन्।

‘पैसा बचाएर समृद्धि हुने होइन, पैसा खर्च गरेर हुने हो, खर्च गर्ने वातावरण हामीले बनाउनु पर्छ,ु अर्थसमिति बैठकमा चौधरीले भने, ‘अलिकत ट्रान्जेक्सन बढी भयो भने उसमाथि खोजतलासी गर्ने गरिन्छ, यस्तो किन गर्नु पर्‍यो, देशभित्र आउने पैसा पनि आउन दिए भयो, म त भन्छु एक पटकको लागि लुकाएको पैसा ह्वाइट गराउने योजना ल्याउनु पर्छ।’

उनले यसअघि पनि समितिको बैठकमा पटक–पटक यो विषय उठान गरेका छन्। अहिलेको आर्थिक समस्या समधान गर्न यो कदम उपयुक्त हुने उनको भनाइ छ।

त्यस्तै समग्र बजारको मनोवल अझै बढ्न नसेकको भन्दै मनोवल बढाउने गरी काम गर्नका लागि पनि उनले अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस