प्रधानमन्त्री ‘प्रचण्ड’ले भने-दलित समुदायको आत्मसम्मानमा सरकार प्रतिबद्ध « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने-दलित समुदायको आत्मसम्मानमा सरकार प्रतिबद्ध


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

५९औँ जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

‘इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य पारिएका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘उहाँहरूको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ ।’

संयुक्त राष्ट्रसंघले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस