जलवायु परिवर्तनका बद्लावहरुका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण-मन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जलवायु परिवर्तनका बद्लावहरुका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण-मन्त्री बस्नेत


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पूर्वसुचना प्रणाली सम्बन्धी सिकाइ आदानप्रदान कार्यशालामा बोल्दै उनले, बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा बद्लावहरु आइराखेको भन्दै त्यो बद्लावले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन् ।

उनले भने, ‘बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा महशुस गर्न सकिने र देख्न सकिने खालका बद्लावहरु आइराखेका छन् । जलवायु परिवर्तनको। प्रभावको रूपमा मौसमजन्य घट्नाहरु दिनानुदिन दिन बढ्दै गइराखेका छन् । त्यो अनिम्ति प्रक्रियाको भएको कारणले विपद् व्यवस्थापन हामी सबैको लागि अलि बढी चुनौतीपूर्ण बनिराखेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस