थामी चलचित्र संघको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा शरण चयन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थामी चलचित्र संघको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा शरण चयन


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । थामी चलचित्र संघको प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।

 सभापति नानु थामी, प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष पुर्खाजित राई, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका सदस्य स्राइन सुनुवार तथा विशिष्ट अतिथि नेपाल थामी समाजका पूर्व उपाध्यक्ष टेकराज थामी, अतिथिहरूमा नेपाल थामी समाजका सचिव देव थामी, भाषाविद् रमेश थामी, कानून विद्यार्थी आकाश थामी, पदम थामीलगायतको उपस्थितिमा बुधबार काठमाडौँको स्वपन बाटिका कलेज बूद्धनगरमा प्रथम महाधिवेशन सम्पन्न भएको हो । 

सम्पन्न महाधिवेशनले शरण थामीको अध्यक्षतामा ९ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष सुशीला थामी, महिला उपाध्यक्ष रमा थामी, सचिव ममिता थामी र कोषाध्यक्ष कविन्द्रकुमार थामी चयन भएका छन् ।

यस्तै सदस्यहरू अनन्तबहादुर थामी, खगेन्द्र बहादुर थामी, चन्द्रबहादुर थामी ‘रामसुन्दर’, दिलबहादुर थामी चयन भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस