मुख्य सचिवबारे मन्त्रिपरिषदमा कुरा राख्ने रक्षामन्त्री उप्रेतीको भनाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुख्य सचिवबारे मन्त्रिपरिषदमा कुरा राख्ने रक्षामन्त्री उप्रेतीको भनाई


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएका मुख्य सचिव डा. वैकुण्ठ अर्यालको विषयमा मन्त्रिपरिषदमा कुरा उठाउने बताइएका छन् । बुधबार(आज) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा मन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।

‘त्यो विषयमा म मन्त्रिपरिषदमा कुरा राख्छु । आवश्यक विषय के कस्तो छ म कुरा राख्छु ।’

नेसनल पेमेन्ट गेटवे सिष्टममा भएको अनियमिततासँगै टेरामक्स खरिद प्रकरणलगायत विषयमा मुख्यसचिव अर्यालको नाम जोडिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस