आफ्ना बडीगार्ड पक्राउविरुद्ध दुर्गा प्रसाईँ सर्वोच्चमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफ्ना बडीगार्ड पक्राउविरुद्ध दुर्गा प्रसाईँ सर्वोच्चमा


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । आफ्ना बडीगार्डलाई पक्राउ गरिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सर्वोच्च अदालत पुगेका छन् ।

प्रसाईँ बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ ।

प्रसाईँका दुई जना बडीगार्डलाई अत्याधुनिक हतियारसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पनि पक्राउ गरिएको भन्दै उनीहरूलाई थुनामुक्त गरिनुपर्ने प्रसाईँको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस