काँग्रेसलाई चार वर्ष संसद् अवरुद्ध गर्न गृहमन्त्रीको चुनौती « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसलाई चार वर्ष संसद् अवरुद्ध गर्न गृहमन्त्रीको चुनौती


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा माग्ने प्रतिपक्षी नेपाली काँग्रेसलाई चार वर्ष संसद् अवरुद्ध गर्न चुनौती दिएका छन् ।

उनले आज संसद् बैठकबाट निस्किने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै यस्तो चुनौती दिएका हुन् । संसद् अवरोध गर्ने र संसदीय समितिको माग गर्ने काँग्रेसको अधिकारको कुरा भएको लामिछानेले बताए ।

उनले भने, ‘माग गर्ने कुरा एउटा छ, अब कुन ढंगले जान्छ हेर्दै जाउँ । म राजीनामा होइन काम गर्छु ।’एउटा ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गर्न खोजिएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस