कथाकार प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कथाकार प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उनको असामयिक निधन भएकामा दुःख व्यक्त गरेका छन् । 

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भनेका छन्, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”

Tags :
प्रतिक्रिया दिनुहोस