बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी 


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । 

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन् । त्यसहिसावले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस