माओवादी नेता पुनलाई एक लाख धरौटीमा रिहा गर्न आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी नेता पुनलाई एक लाख धरौटीमा रिहा गर्न आदेश


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत रहेका जितमान पुन (मार्सल)लाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

सोमबार दाङ जिल्ला अदालतका न्यायाधीश ताराकुमारी शर्माको इजलासले पुनलाई  धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए । 

२०५३ सालमा दाङ जिल्ला अदालतमा चलेको लागुऔषध चरेसको मुद्दामा पुनलाई फरार प्रतिवादी बनाइएको थियो । सुरुमा मुल्तबीमा रहेको उक्त मुद्दा २०७२ सालमा जागेर पुनलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस