पूर्वसभामुख महरालाई हिरासतमा राख्न सरकारी वकिलले मागे सात दिनको समय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वसभामुख महरालाई हिरासतमा राख्न सरकारी वकिलले मागे सात दिनको समय


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँ पुर्‍याइएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस