करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्त्वपूर्ण दरहरू परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा मन्त्री पुनले यस्तो बताएका हुन् । मन्त्री पुनले भने “करको दर बढ्दा पनि किन बढ्यो घट्दा पनि किन घट्यो भन्ने विषयमा तीन महलेको नयाँ काम सुरु गर्दैछौं। केही देशमा यो अभ्यास छ ।”

अहिले आर्थिक मन्दी नभएर आर्थिक सुस्तता देखिएको मन्त्री पुनको भनाई छ । “सबै क्षेत्र खराब भएको छैन, पूर्व अर्थमन्त्रीहरूले पनि धेरै मेहनत गर्नुभएको छ । सार्वजनिक वित्तमा केही समस्या छन्। पुँजीगत खर्च बढाउन सकिएको छैन । राजस्व अपेक्षा अनुसार बढ्न सकेको छैन,” उनले भने “अहिले जनताको तल्लो तहमा पैसा पुर्‍याउने सहकारी र लघुवित्त दुवै समस्यामा छन् । हामीले लघुवित्त पीडितलाई बोलाएर वार्ता गरिसकेका छौँ ।”

निर्माण व्यवसायीको ४० अर्ब भुक्तानीको काम सुरु हुन लागेको भन्दै उनले यसबाट राजस्व बढ्ने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस