आजदेखि थप तीन औषधि उत्पादन गर्दै औषधि लिमिटेड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आजदेखि थप तीन औषधि उत्पादन गर्दै औषधि लिमिटेड


४ चैत्र २०८०, आइतबार


काठमाडौँ  । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट-डिएफ नामका औषधि उत्पादन सुरु गरेको हो ।

तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने लिमिटेडको भनाइ छ ।

यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस