नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स मृत भेटिइन्, हत्याको आशंका « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स मृत भेटिइन्, हत्याको आशंका


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । अस्पतालनजिकै डेराको बाथरुममा चन्द्रिकाकुमारी दासको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङ प्रहरीले जनाएको छ ।  दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको चोट छ ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी नवराज कार्कीले दिउँसो साडे १ बजे तिर प्रहरीमा उनको मृत्युबारे खबर आएको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस