अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेन भिड्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडेन भिड्ने


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । आगामी नोभेम्बर ५ मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटबाट बहालवालमा राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पको भिडन्त पक्का भएको छ ।

पार्टीभित्र हुने प्रारम्भिक निर्वाचनमा आवश्यक थ्रेसहोल्ड दुवैले पार गरेसँगै राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ट्रम्पबीच नै प्रतिस्पर्धा हुने पक्का भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाइडेन र ट्रम्प दुवैले आफ्नो ध्यान चुनावी रणनीतितर्फ केन्द्रित गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । प्रारम्भिक निर्वाचनमा पार्टीभित्र कुनैपनि चुनौतीको सामना नगरेका बाइडेनले राष्ट्रपतीय निर्वाचनमा ट्रम्पबाट चुनौती महसुस गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस