विभिन्न गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ : प्रधान सेनापति शर्मा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विभिन्न गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ : प्रधान सेनापति शर्मा


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक र साम्प्रदायिकका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताएका छन् ।

बुधबार उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन गर्दै प्रधान सेनापति शर्माले यस्तो बताएका हुन् । 

उनले भने, ‘नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रहरूको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा हेरिने गरिएको छ । आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादहरूका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ ।’

शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरू बीचको ध्रुवीकरण बढ्दै जानुका साथै विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास गइरहेको पनि प्रस्ट पारे । उनले विश्वका शक्ति राष्ट्रहरू बीचको प्रत्यक्षरपरोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको कुरा उल्लेख गरे ।

शर्माले सूचना प्रविधि एवं आर्टिफिसियल इन्टिलिजेन्समा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौतीहरू थप्नुका साथै सैन्य रणनीति र सिद्धान्तलाई पुनः परिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नवीनतम प्रविधिले ल्याएका समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई पनि सम्बोधन गर्न उत्तिकै जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस