राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने माग


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखेका हुन। उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए।

उनले राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभा सभामुख बाहेक अरू कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यहरूको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए।

उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभई संघीय संसद्को संयुक्त बैठकलाई हुनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस