रेशमले स्ट्याटस लेख्दा सँगै थिएँ, फरक विचारले परिवार फुट्दैन : रञ्जिता श्रेष्ठ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रेशमले स्ट्याटस लेख्दा सँगै थिएँ, फरक विचारले परिवार फुट्दैन : रञ्जिता श्रेष्ठ


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छन् । तर, फरक विचार भएकै कारण आफूहरूको परिवार नफुट्ने उनको प्रष्टीकरण छ ।

नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए । दिउँसो संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूसँगै रहेको बताइन् ।

‘हिजो हाम्रोबीचमा छलफल भएको थियो । म र रेशमजीले पार्टीगत रूपमा बसेर छलफल गरेका थियौँ । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् । आफूहरूका बीचमा फरक विचार भएकै कारणले परिवार नफुट्ने पनि उनले बताइन् ।

‘पार्टीगत रूपमा उहाँ र मेरो मत फरक फरक भएको हो । तर, परिवार छुट्टै कुरा हो । पार्टी छुट्टै कुरा हो । फरक विचारले परिवार फुट्दैन’ रञ्जिताले दोहोर्‍याइन्, ‘उहाँ (रेशम चौधरी)ले स्ट्याटस लेख्दा म सँगै छु ।’

आफूहरूको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस