नाउपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नाउपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

बुधवारको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।

उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको बताए। उनले राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ। आन्दोलनको जगमा उभिएर ती प्रश्नहरूको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ। राजनीतिक दलहरूले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस