मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन, आलोपालोको सम्झौता भएको होइन : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन, आलोपालोको सम्झौता भएको होइन : ओली


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए ।

आज संसदमा बोल्दै ओलीले प्रधानमन्त्रीको कार्यकाल बाँडफाँडबारे भएको चर्चाका सम्बन्धमा प्रष्ट पारेका हुन् ।

ओलीले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने ।

Tags :
प्रतिक्रिया दिनुहोस