चैतमा बैंकहरुले घटाए ब्याजदर, कुनको कति ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चैतमा बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । अधिकांश बैङ्कहरूले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।

बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.५० प्रतिशत घटेको देखिन्छ भने संस्थागततर्फ भने ०.२८ प्रतिशतले ब्याजदर बढेको छ ।

एनएमबि बैंकले व्यक्तिगततर्फ १.५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

प्रभु बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंकले व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.७४ प्रतिशत बढाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले फागुनमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण थियो ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७।६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुनमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

हिमालयन बैंकले व्यक्तिगततर्फ ०.६५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटेर ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

एभरेष्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ६.५ प्रतिशत र संस्थागततर्फ ०.५ पतिशत घटाएर ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.३५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नबिल बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत बढाएर ८.५४८ प्रतिशत र संस्थागततर्फ १.५५ प्रतिशत बढाएर ७.५४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर ७.२५ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ०.८५ प्रतिशत बढेर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

कृषि विकास बैंकको संस्थागततर्फ ०.०७ प्रतिशत बढेर ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ०.७८ प्रतिशत घटेर ५.६६६१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि फागुनमा बैंकले संस्थागततर्फ ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ १.०९ प्रतिशत घटाएर ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुमारी बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५१ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बढाएर ६.५१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस