प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा दुई घण्टाका लागि छलफलको समय तोकिएको छ।

छलफलपछि सभामुखले विश्वासको मतलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। पक्ष र विपक्षमा दस्तखतसहितको मत विभाजनबाट निर्णय हुनेछ। पक्षमा बहुमत पुगे उनले संसद्बाट विश्वास पाउनेछन् ।

कुल २७५ सदस्यीय संसद्मा हाल कायम २७४ सदस्य छन् । बहुमत पुग्न १३८ मत आवश्यक पर्छ।

फागुन २१ गतेपछि बनेको नयाँ गठबन्धनमा नेकपा एमाले ७९, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, जनता समाजवादी पार्टी (जसपा) १२, नेकपा एकीकृत समाजवादी (नेकपा एस) १० गरी १५४ सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस