डा. कोइरालाको स्वीकारोक्ति : मैले नै कोशीमा माओवादीलाई मुख्यमन्त्री हुन दिइनँ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डा. कोइरालाको स्वीकारोक्ति : मैले नै कोशीमा माओवादीलाई मुख्यमन्त्री हुन दिइनँ


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफूले नै कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री हुन नदिएको स्वीकार गरेका छन् ।

विराटनगरमा गुराँस पुस्तकालयको ५४ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै आफूले नै माओवादीलाई कोशी प्रदेशमा मुख्यमन्त्री हुनबाट रोकेको दाबी गरेका हुन् ।

तत्कालीन सत्ता गठबन्धनले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । शीर्ष नेताहरूको निर्णयविरुद्ध विद्रोह गर्दै उनी निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि गठबन्धन फेरेका प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा काँग्रेसले हुन नदिएको आरोप लगाएका थिए । त्यसको जवाफमा कोइरालाले पनि आफूले नै माओवादीको मुख्यमन्त्री हुन नदिएको दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस