सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका छोराको संलग्नताबारे छानबिन गर्न निर्देशन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका छोराको संलग्नताबारे छानबिन गर्न निर्देशन


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

स्रोतका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो ।

पूर्वउपराष्ट्रपति छोरा जितेन्द्रले बुबाको पदीय हैसियतको आडमा सुन तस्करी गरेको आरोप छ । उनले चीनको एक कम्पनीसँग उधारोमा चार किलो सुन किन्न ६ अक्टोबर २०१९ मा गरेको तमसुक समेत बाहिरिएको थियो ।

पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दिपेश पनि सुन तस्करीमा मुछिएका थिए । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा उनलाई बयान कागज गराएर छाडेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस