सत्ता गठबन्धनद्वारा न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सत्ता गठबन्धनद्वारा न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र गठन


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सत्तामा सहभागी पाँच दलबाट २-२ हुने गरी संयन्त्र गठन गरिएको हो ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।

कार्यदलको पहिलो बैठक सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको छ । सबै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता विष्णु रिमाललाई दिइएको एक नेताले जानकारी दिएका छन् ।

पाँच वटै पार्टीबाट आएका धारणा समेटेर मस्यौदा तयार गर्न रिमाललाई जिम्मेवारी दिइएको हो हो । ती नेताका अनुसार सरकारका कार्यलाई प्रभावकारी बनाउनु प्राथमिकता विषयहरू समेटेर कार्यदलले प्रतिवेदन तयार गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस