२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित

अ+ अ-

चितवन । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरू उत्साहित भएका हुन् ।

नेपाली औषधि उत्पादक सङ्घ(एपोन)ले आयोजना गरेको उक्त एक्स्पोको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले नेपालको भूगोल, परिवेश र हावापानीमा हुने रोगलाई दृष्टिगत गरेर औषधि उत्पादन गरे स्वदेशी उत्पादनको खपत बढ्ने बताए। सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्ने भ्रम चिर्दै सकारात्मक रूपमा अघि बढ्न उनले आग्रह गरे । 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै सबैले सफा नियतले काम गर्नुपर्ने बताए। उनले उत्पादक, चिकित्सक र राज्यले नेपाली औषधिलाई सकारात्मक दृष्टिले हेर्नुपर्ने बताए । 

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजङ्ग पाण्डले औषधिका आधारभूत कुरामा अल्झनभन्दा विश्व बजारमा कसरी पुर्‍याउन सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने बताए । एपोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले खुला अर्थ बजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए । औषधिको मूल्य बजारले नै निर्धारण गर्ने उनको भनाइ थियो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौती रहेको बताए । उनले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीतिभन्दा पनि नियत खराब रहेकाले फस्टाउन समस्या रहेको बताए । कार्यक्रममा आयुर्वेद औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डे, नेपाल औषधि व्यवसायी सङ्घ(एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल, नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललितमोहन पन्थ लगायतले नेपाल औषधि व्यवसायबारे आ-आफ्ना धारणा राखेका थिए । 

एक्स्पो संयोजक प्रभात रुङ्गटाले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ एक्स्पो सुरु भएको बताए। यही फागुन २७ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा १६० कक्ष रहेका छन् । नेपाल, भारत, सिङ्गापुर, बङ्गलादेश, अमेरिका, जर्मनी, चीनलगायत देशले औषधि उत्पादनमा प्रयोग गर्ने उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिका कक्ष राखिएका छन् । नेपाली उद्योगले उत्पादन गरेका औषधि विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम छन भन्ने बुझाउन एक्स्पो आयोजना गरिएको सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताए ।