एनसेलद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एनसेलद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान सुरु


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभाग‘डिएफएटी’ को सहयोगमा संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ ।

बिहीबार (मार्च ७०२०२४) यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको ‘डिएफएटी’ को सहयोगमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको हो ।

यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्‍याउने रहेको छ ।

अभियान संचालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक संजाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिने जनाइएको छ । यस बाहेक अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस