स्थिरताका लागि एमाले-माओवादी गठबन्धन, अब देशमा समृद्धि आउँछ : ‘बादल’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

स्थिरताका लागि एमाले-माओवादी गठबन्धन, अब देशमा समृद्धि आउँछ : ‘बादल’


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना आज गरेको पत्रकार सम्मेलनमा थापाले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने बताए ।

देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पुरा हुने उपाध्यक्ष थापाको दाबी छ ।

यसअघिको काँग्रेस-माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा थप आर्थिक संकट निम्त्याएकाले प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेको थापाको भनाइ छ । ढिलै भए पनि प्रधानमन्त्रीले एमालेसँगको गठबन्धनबाट देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने बुझेको बताएका थिए ।

काँग्रेसलाई पुँजीपतिको आरोप लगाउँदै थापाले गत वर्ष श्रमजीवीको गठबन्धन भत्काएको बताउँदै हाल पुरानै गठबन्धन बन्नु राजनीतिक रूपमा सफल भएको बताए । अहिलेको वाम गठबन्धन भत्काउन विभिन्न प्रयास हुने भन्दै उनले त्यसतर्फ सजग हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस