एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद् बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद् बैठक


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएको हो ।

बैठकपछि महासचिव शंकर पोखरेलले भने, ‘हामीले पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछौं । आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ ।’ एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन् ।

एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस