महाशिवरात्रि पर्व : यस्तो छ पशुपति क्षेत्रको सवारी व्यवस्थापन योजना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महाशिवरात्रि पर्व : यस्तो छ पशुपति क्षेत्रको सवारी व्यवस्थापन योजना


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुइँचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ । प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ । 

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्वर,  ज्ञानेश्वर, मैतीदेवीमोड, रातो पुल, सेतो पुल, कालो पुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गर्ने व्यवस्था गरेको हो । 

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ  । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई आग्रह गरे । 

प्रहरीले सिफलचौरमा दर्शनार्थीहरुका लागि पार्किङको व्यवस्था गरेको छ । त्यस्तै, कोषको कार्यालयमा सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । गुहेश्वरी पारी पनि तीर्थयात्री र दर्शानार्थीहरुले पार्किङ गर्न पाउनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस