सुदूरपश्चिममा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् । प्रदेश सभा भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता रावलले मुख्यमन्त्री शाहको राजीनामा मागेका हुन् ।

उनले आफू अल्पमतमा पर्दा राजीनामा दिएको स्मरण गराउँदै उनले वर्तमान मुख्यमन्त्री शाहलाई पनि त्यस्तै गर्न सुझाव दिएका हुन् ।

दुई दिन पहिले मुख्यमन्त्री शाहले माओवादीका तीन मन्त्रीलाई र आज नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यस लगत्तै दुवै दलले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

एमालेले राजीनामा माग्दा यता मुख्यमन्त्री शाह भने राजीनामा नदिने तर, सरकार विस्तार गर्ने गरी छलफल अगाडी बढाएका छन् ।मुख्यमन्त्री शाह राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर आफ्नो नेतृत्वमा रहेको अहिलेकै सरकारलाई निरन्तरता दिने कसरत गरिरहेका छन् ।

सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्य छन् । यहाँ काँग्रेसका १८, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । राप्रपा र स्वतन्त्र १्१ सांसद छन् ।

मुख्यमन्त्री शाहले आफ्नो पार्टीका १८, नागरिक उन्मुक्तिका ७ स्वतन्त्र र राप्रपाका १्१ सांसदलाई लिएर सरकार विस्तारको तयारी गरेको उच्च स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस