सुदूरपश्चिममा स्थिर सरकारका लागि सबै दलहरूसँग पहल गर्छौँ : मुख्यमन्त्री शाह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा स्थिर सरकारका लागि सबै दलहरूसँग पहल गर्छौँ : मुख्यमन्त्री शाह


२४ फाल्गुन २०८०, बिहिबार


डोटी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकारका लागि सुदूरपश्चिम प्रदेशमा रहेका सबै दलहरूसँग आफूले पहल गरी रहेको बताएका छन् ।

बिहीबार डोटीको बडीकेदार गाउँपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटनको क्रममा मुख्य मन्त्री शाहले यस्तो बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिका लागि स्थिर सरकार आवश्यक भएकाले स्थिर सरकारका लागि प्रदेशमा रहेका सबै दलहरूसँग आफूले पहल गरी रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री शाहले निर्वाचनको बेला जनताबिच स्थिर सरकार बनाउने वाचा गरेको स्मरण गर्दै त्यसको पूर्ण कार्यान्वयनमा सरकार अगाडि बढेको बेला केही परिवर्तनको संकेत देखिएको बताए ।

उनले संविधानको मूल मर्म अनुसार तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि, रोजगारी, ऊर्जालगायत पर्यटन विकासको क्षेत्रमा प्रदेश सरकारले सहयोग गरिरहेको समेत बताए

संघीय सरकारको समपूरक अनुदान अन्तरगत दुई करोड ५७ लाख रुपियाँको लागतमा १६ कोठाको दुई तले प्रशासनिक भवन निर्माण भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस