नयाँ गठबन्धन परिवर्तनबारे भारतले भन्यो-‘नेपालको आन्तरिक मामिला हो’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ गठबन्धन परिवर्तनबारे भारतले भन्यो-‘नेपालको आन्तरिक मामिला हो’


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’सँग बिहीबार सिंहदरवनरस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरेका हुन् ।

‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस