नेपाली काँग्रेस संसदीय दलको बैठक जारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाली काँग्रेस संसदीय दलको बैठक जारी


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बैठक संघीय संसदको ल्होत्से हलमा बसिरहेको हो । आज बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बसेपछि ९ बजेपछि संसदीय दलको बैठक सुरु भएको थियो ।

दलको बैठकमा नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतबाट खेल्नुपर्ने भूमिका तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे राख्नुपर्ने विषयवस्तुबारे आफ्ना सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस