देउवा पुगे नेपाल निवास « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देउवा पुगे नेपाल निवास


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । 

सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग अप्रत्यासितरुपमा प्रतिपक्षी कित्तामा पुगेको काँग्रेस सभापति देउवाले भेट गर्न लागेका हुन् । देउवा केही बेर अघि मात्रै कोटेश्वरस्थित नेपालको निवासमा पुगेको श्रोतले जनाएको छ । 

अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस