मन्त्रालय बाँडफाँट टुंग्याउन कार्यदलको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रालय बाँडफाँट टुंग्याउन कार्यदलको बैठक बस्दै


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । 

कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् । 

आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पुराना सबै मन्त्रीहरूलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । 

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा शपथग्रहण गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस