केपी ओली कप : उपाधिका लागि आज मच्छिन्द्र र एनआरटी भिड्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

केपी ओली कप : उपाधिका लागि आज मच्छिन्द्र र एनआरटी भिड्दै


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । दोस्रो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको आज फाइनल हुँदैछ । उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी)बीच आज प्रतिस्पर्धा हुने भएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कपको फाइनल खेल आज दउँसो दशरथ रंगशालामा हुँदैछ । बिहीबार भएको सेमिफाइनलमा एनआरटीले जावलाखेल युथलाई ३-० ले र मच्छिन्द्रले भारतीय क्लब मानेभञ्ज्याङ क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले ११ लाख र उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने युवा संघ नेपालले जनाएको छ । यसैगरी उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

गत वर्ष आयोजना भएको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सरस्वती क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । दोस्रो संस्करणको खेलमा नेपालका ‘ए’ डिभिजनसहित विदेशका क्लबको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस